भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड आजदेखि लागू

काठमाण्डाै : भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड आजदेखि लागू भएको छ । यसअघिको ६ बुँदे मापदण्ड खारेज गरी अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागू गरेको हो ।

अध्यागमन विभागले आज पत्रकार सम्मेलन गरी २०८० साल माघदेखि लागू भएको ६ बुँदे मापदण्डलगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधान खारेज गरिएको जनाएको छ । सबै पालिका र जिल्ला प्रशासन कार्यालयबाट नयाँ मापदण्डबारे नागरिकलाई जानकारी दिन पनि विभागले अनुरोध गरेको छ ।

नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदेश जाँदा ६ महिना अवधि भएको राहदानी, गन्तव्य देशको भिसा, प्रस्थान गर्न गन्तव्यसम्मको हवाई टिकट र भ्रमणका लागि आवश्यक कागजात साथमा रहेको हुनुपर्नेछ ।

Dhn_Tihar & Chhat 2082
Loading...