कञ्चनपुरको बाणिमा बस दुर्घटना हुुँदा एक जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा बस दुुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका-२ को वाणीमा ना ७ ख ६१८२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कृष्णपुुरको बण्डका अन्दाजी ४२ वर्षीय बलबहादुुर बोहराको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए । घाइते अवस्थामा उद्दार गरिएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको उनले बताए ।

बसमा पाँच जना सवार थिए । अन्य चार जना सकुसल छन् भने दुर्घटनापछि फरार भएका वेदकोट नगरपालिका-३ दैजीका ४६ वर्षीय बस चालक रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  बस काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगर गइरहेको थियो।

Deep Jyoti Pustak psl
Loading...