बैतडीको दशरथचन्दमा ४० वर्षिय पुरुष मृत फेला

बैतडी : बैतडीको दशरथचन्दमा एक पुरुष मृत फेला परेका छन । दशरथ चन्द नगरपालिका-४ बबेत भन्ने स्थानमा सोही नगरपालिका-९ ग्वाल्लेकका ४० वर्षिय कपिल जोशी मृत फेला परेका हुन ।

शुक्रबार घरबाट निस्किएका जोशी शनिबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक सुरज सिँहका अनुसार जोशी घरमा नआएपछि खोजी गर्दै जाँदा बबेत भन्ने स्थानमा घोरेटो बाटोबाट अन्दाजी १० मिटर तल मृत फेला परेका थिए ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला उनले बताए ।

Deep Jyoti Pustak psl
Loading...