दृष्टिविहीन महिला टी-२० विश्वकप : उपाधिका लागि आज नेपाल र भारत खेल्दै

काठमाण्डौ : दृष्टिविहीन महिला टी-२० विश्वकपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । फाइनल खेल श्रीलङ्काको कोलम्बोमा रहेको पिसारा ओभल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि शुरु हुनेछ ।

हिजो भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको हो । यस्तै भारतले सेमिफाइनलमा अष्ट्रेलियालाई हराउँदै फाइनलमा पुगेको हो ।

लिग चरणको खेलमा नेपाल भारतसँग ८ विकेटले पराजित भएको थियो । दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालसहित ७ वटा देशको सहभागिता रहेको थियो ।

Deep Jyoti Pustak psl
Loading...