कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईं महाकाली नदीमा बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा ओदालीका उनी नदीमा बेपत्ता भएका हुन् ।
बेपत्ताको राति अबेरसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजीकार्य जारी राखेको भए पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।
