बैतडी : बैतडीमा भीडबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सूर्नया गाउँपालिका-८ सेलामा भीरबाट खस्दा स्थानीय ३१ वर्षीया पार्वती साउँदको मृत्यु भएको हो ।
बुधबार घरनजिकै बाख्रा चराउन गएका बेला अचानक चिप्लिएर भीरबाट लड्दा घटनास्थलमै साउँदको ज्यान गएको स्थानीयले बताएका छन् ।
पार्वतीका दाजु हरिसिंह महराका अनुसार दिउँसो करिब ३ बजेतिर खोँचतिर झर्दै जाँदा उनको दुर्घटना भएको थियो ।
घरमा दुई नाबालक छोरा मात्रै रहेका पार्वतीका श्रीमान् रोजगारीको सिलसिलामा दुबईमा छन् ।
