नेकपा एमाले परित्याग गरेका पञ्चेश्वरका अध्यक्ष फेरि एमालेमै क्रियाशील रहने

धनगढी : नेकपा एमाले परित्याग गरेको घोषणा गरेका बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पुनः पार्टीकै क्रियाशील रहने बताएका छन्।

११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनको विषयमा असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमार्फत एमाले परित्याग गरेको घोषणा गरेका थिए। प्रतिनिधि चयनमा एकलौटी र गुटबन्दी गरिएको आरोप उनको थियो।

तर, बुधबार फेरि सामाजिक सञ्जालमार्फत नै उनले प्रतिनिधि चयनमा विमती भएर हतारमा एमाले परित्याग गरेको लेख्न पुगेको भन्दै नेताहरुसँगको लामो छलफलपछि पुनः एमाले पार्टीमै क्रियाशिल रहने निर्णय गरेको उल्लेख गरेका छन्।

Deep Jyoti Pustak psl
Loading...