पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार चन्दलाई सामूहिक अभिनन्दन

बैतडी : पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सोमबार काठमाडौंमा १०१ वटा साहित्यिक संस्थाहरूले संयुक्त रूपमा सामूहिक अभिनन्दन गरेका छन्।

ताराकिसन फाउण्डेशनसहित विभिन्न संस्थाहरूले नेपाली साहित्यमा चन्दको अतुलनीय योगदानको कदर गर्दै उनलाई सम्मान प्रदान गरेका हुन्। ताराकिसन फाउण्डेशनका संरक्षक राधेश्याम लेकालीसहित उपस्थित व्यक्तिहरूले चन्दको दीर्घ साहित्यिक यात्राको प्रशंसा गर्दै अभिनन्दन हस्तान्तरण गरे।

सुर्नया गाउँपालिका–२, कुरुकुटियाँ, बैतडीमा जन्मेका चन्द साहित्य क्षेत्रमा ‘लोचन’ नामले परिचित छन्। ८७ वर्षको उमेरमा समेत उनी सक्रिय रूपमा साहित्यिक सिर्जनामा निरन्तर लागिपरेका छन्, उनको स्वकीय सचिव केशवबहादुर चन्दका अनुसार उनका १५ भन्दा धेरै साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन्।

चारपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका चन्दलाई निष्कलंक तथा आदर्श नेताका रूपमा चिनिन्छ। नेपाली राजनीति र साहित्य दुवै क्षेत्रमा उनले पु¥याएको योगदान उल्लेखनीय रहेको मानिन्छ।

Deep Jyoti Pustak psl
Loading...