काठमाडौँ : गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।
उनको निधनको खबर गायक प्रमोद खरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। खरेलले लेखेका छन्, “कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्नुपर्यो।
प्रिय प्रशान्त तामाङ अब हामीबीच रहनुभएन। उफ्‘ वैकुण्ठमा बास होस्।” प्राप्त जानकारीअनुसार तामाङको आज दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो।
प्रशान्त तामाङ भारतीय टेलिभिजन च्यानल सोनी इन्टरटेनमेन्ट टिभीबाट प्रसारण भएको ‘इन्डियन आइडल–२००७’ का विजेता तथा उक्त प्रतियोगिता जित्ने पहिलो नेपाली मूलका भारतीय कलाकार हुन्।
संगीतसँगै अभिनयमा समेत सक्रिय रहेका तामाङले नेपाली चलचित्र (गोर्खा पल्टन) र (परदेशी) मा अभिनय गरेका थिए।
