शिक्षामन्त्री पुनले राजीनामा दिए

काठमाण्डौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्चालमार्तफ पुनले राजीनामा दिएकाे बताए ।

उनले कारण भने आफ्नाे अभियानलाई निरन्तरता दिन भनेका छन् । आइतबार मात्रै सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए । यसअघि खेलकुद मन्त्री बब्लु गुप्ना, भाैतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले राजीनामा दिएका थिए ।

खरेल, घिसङ र गुप्ता राजनीतिमा सक्रिय हुने बताएका छन् । उनीहरू २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्दैछन् । तर, पुनले उम्मेदवारी दर्ता दिने दिन नै आकस्मिक राजीनामा दिनुलाइ अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

Deep Jyoti Pustak psl
Loading...