अत्तरिया : कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको टीकापुर नगरपालिका–१ बनगाउँ बिच्का पुरुवा स्थित खेतमा अन्दाजी ६० वर्षीय एक पुरुष शनिवार मृत अवस्थामा फेला परेका हुन।
मृत अवस्थामा फेला परेका ती पुरुषको नाम, थर वतन भने नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।