अछाममा एक पुरुष मृत फेला

अछाम : अछाममा एक पुरुष मृत फेला परेका छन्।

अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ स्थित भानाकोटबाट दैलेखको जैखोला जाने झोलुङ्गे पुल नजिकै कर्णाली नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका पुरूष बुधबार मृत अवस्थामा फेला परेका हुन्।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Loading...