अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-५ मा रहेको गेटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा लोकेन्द्र धामी दोहोरिएका छन् ।
समितिको शनिवार सम्पन्न तेस्रो चुनावी साधारण सभाबाट अध्यक्षमा धामी दोहरिएका हुन । समितिको उपाध्यक्षमा भानदेव पनेरु, सचिवमा ईगेश विष्ट, कोषाध्यक्षमा विमला कडायत, सह-सचिवमा किरण भट्ट चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा अमृत बम, दिल बहादुर विक, बलदेव भट्ट र निर्मला बोहरा चयन भएका छन् । साधारण सभा प्रदेश सभा सदस्य खेमा विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
