ट्याक्टरको ट्रलीबाट खसेर अछाममा एक जनाको मृत्यु

अछाम : अछाममा ट्याक्टरको ट्रलीबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ स्थित कच्ची सडकखण्डमा खसेर खसेर ५० वर्षीय कृतसिंह घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मगर बिहीबार राति सरिया बोकेर गइरहेको ट्याक्टरको ट्रलीबाट खसेका थिए । भवानीदेवी माध्यमिक विद्यालयका लागि सरिया लोड गरी कर्णाली ०२–००१ त ०२३१ नम्बरको ट्याक्टर उकालो सडकमा गुडिरहेका बेला ट्रलीबाट खसेका घर्तीमगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Loading...