दार्चुलाः अभद्र व्यवहार मुद्दामा फरार दार्चुलााका एक जना पक्राउ परेका छन् ।
जिल्ला अदालत दार्चुलाको मिति २०८२ पुस २३ गतेको फैसलाले अभद्र व्यवहार गर्न नहुने मुद्दामा ८ महिना ११ दिन कैद सजाय र ९ हजार जरिवाना तोकिएको महाकली नगरपालिका-४ बस्ने २२ वर्षीय भुपेन्द्र सिंह कुवँर पक्राउ परेका हुन् ।
कुवँरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।