चुरेमा हुने भलिबल प्रतियोगिताको तयारी पुरा, भोलि सुपका सामाजिक विकास मन्त्रीले उद्घाटन गर्ने

अत्तरिया : कैलालीको चुरेमा भोली (शनिबार) देखी हुने खुल्ला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

चुरे गाउँपालिका वडा नम्बर ३ मा रहेको बसर युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदले गर्ने भएका छन् ।

चुरेमा सर्वाधिक धनराशिको सुदुरपश्चिमाञ्चल खुल्ला भलिबल प्रतियोगिता ‘चुरे कप २०८०’ हुन लागेको छ । मिलन युवा क्लबको सहकार्यमा हुने प्रतियोगितामा बडिकेदार निर्माण सेवा प्रालि मुख्य प्रायोजक रहेको छ ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार राशि ५० हजार, दृतिय २० हजार र तृतीय १० हजार पुरस्कार राशि रहेको छ । खेल नकआउट बिधिबाट खेलाईने आयोजकले बताएको छ ।

उक्त प्रतियोगिता चुरे गाउँपालिकाको खेलमैदान घरखेडा वडा नम्बर १ मा हुने भएको छ ।

Nabadurga Sunchadi
Loading...