कन्चनपुरमा रहेको महाकाली घाट आजबाट खुल्ने,७ करोड ७७ लाखमा ठेक्का

कन्चनपुर : कन्चनपुरमा रहेको महाकाली घाट आजबाट खुल्ने भएको छ। महाकाली घाटबाट नदिजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता स्विकृत भइसकेकाले आजबाट खुल्ने भएको हो।

काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट रकम सहित ७ करोड ७७ लाखमा घाटको ठेक्का सम्झौता गरेको रठेक्का प्रकृया सकिइसकेकाले आजदेखि महाकाली नदीको घाट खुल्ने भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए।

भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाले संयुक्त रुपमा महाकाली नदीको प्राकृतिक श्रोत नदिजन्य पदार्थ ढुङगा, गिट्टी, बालुवा तथा ग्राभेल आदी को विक्रि शुल्क संकलन रोयल्टी का लागी ठेक्का खोलेका थिए।

Deep Jyoti Pustak psl
Loading...