बझाङमा अटो दुर्घटना हुँदा चार जना घाइते

बझाङ : बझाङमा आफै अनियन्त्रित भएर अटो दुर्घटना भएको छ ।

केदारस्युँ गाउँपालिकाको सैन्स्युँबाट बागथला बजारतर्फ गइरहेको सु.प.प्र.०१००१ ह ३९२६ नम्बरको अटो बिहिबार साँझ तरपानीस्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा केदारस्युँ–४ का अटो चालक ४८ वर्षीय दीपक भण्डारी, ५४ वर्षीय दिलबहादुर मल्ल, वडा नम्बर ३ का २५ वर्षीय जीवन ओखेडा र ४५ वर्षीय लालबहादुर ओखेडा सामान्य घाइते भएका थिए ।

उनीहरु प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारपछि घर फर्किएका हुन । अटोसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...