धनगढी : कञ्चनपुरमा जङ्गली जनावरलाई विद्युतीय पासोमा पारेर मार्ने एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मणिकाधाम टोलका ४० वर्षीय सुवास धामी पक्राउ परेका हुन्। धामीलाई विद्युतीय पासो थाप्न प्रयाग गरिएको तीन सय मिटर तारसहित प्रहरीले पक्राउ गरिएको हो।
पक्राउ परेका धामी माथि अनुसन्धानको कार्य भैरहेको छ। जङ्गली जनावर मार्न गहुँको खेतमा थापिएको विद्युतीय पासोमा परेका स्थानीय पुनि खाती, दुरा बिष्ट र माता विश्वकर्मा सामान्य घाइते भएका थिए।
उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। केही दिन अघि यसै क्षेत्रमा चोरी सिकारीहरूले थापेको पासोमा चितुवा परेको थियो।
पासोमा परेको चितुवाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राविधिकले उद्धार गरे पनि ज्यान भने बचाउन सकेका थिएनन्।