कञ्चनपुर : कञ्चनपुरको एक विद्यालयबाट सिसिटिभी क्यामरा चोरी भएका छन् । दोधारा चाँदनीको भानु माद्यमिक विद्यालयका ९ ओटा सिसिटिभी क्यामरा चोरी भएका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर सिजालीका अनुसार शुक्रबार राती मात्रै ७ ओटा सिसिटिभी क्यामरा चोरी भएका छन् । एक साताअघि एक र झण्डै २ महिना पहिले अर्को एक थान ससिटिभी क्यामरा चोरी भएको उनले बताए ।
चोरी गर्ने तीन जना सिसिटिभी फुटेजमा प्रष्टै देखिएका छन् । विद्यालयले चोरीबारे प्रहरीमा निवेदन दिएको छ भने यस विषयमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।
