कञ्चनपुरमा बसले ठक्कर दिदा एक महिलाको मृत्यु

२ जना घाइते

कञ्चनपुर : कञ्चनपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । म १ ख ९३५ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१-००९ प १२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शुक्लाफाँटा-२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको हो ।

शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार अवस्थीको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यस्तै दुर्घटनामा दुई जना घाइते भएका छन् । मृतकका श्रीमान मोटरसाइकल चालक शिवराज अवस्थी र १३ वर्षीय बालकृष्ण अवस्थी घाइते भएका हुन् । उनीहरु उपचारपश्चात डिस्चार्ज भएका बताइएको छ । बससहित चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...