अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालमा महिला तथा पुरुषका लागि बन्ध्याकरण (परिवार नियोजन) घुम्ती शिविर सम्पन्न भएको छ।
मंगलबार नेपाल परिवार नियोजन संघ कैलाली शाखाको सहकार्य, गोदावरी नगरपालिका सँगको समन्वयमा स्वास्थ्य कार्यालय कैलालीले बध्याकरण शिविर आयोजना गरेको हो । शिविरमा ३४ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
जसमा ३० जना महिलाको मिनिल्याप र ४ जना पुरुषको भ्यासेक्टोमी गरिएको स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलट नारायण चापागाँईले बताए ।
शिविरमा मिनिल्याप र भ्यासेक्टोमी गराएका ३४ जनालाई गोदावरी नगरपालिकाले ब्ल्याङ्केट वितरण गरेको थियो । सो कार्यक्रममा नगरप्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा रोकाया, स्वास्थ्य निर्देशक डा. जगदिश जोशी, स्वास्थ्य कार्यालय प्रमुख आशुतोष श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।