अत्तरिया : अछामको चौरपाटी गाउँपालिकाले ललितपुरको बालकुमारी घटनामा मारिएका वीरेन्द्र शाहको सम्झानामा आज बिहिबार शोक विदा दिने निर्णय गरेको छ ।
गाउँकार्यपालिकाको बुधबार बसेको आठौँ बैठकले शोक प्रस्ताव पारित गर्दै शुक्रवार बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका चौरपाटी गाउँपालिका–१ का वीरेन्द्रको सम्झनामा शोक विदा दिने निर्णय गरेको हो ।
पालिकाले वीरेन्द्रका परिवारलाई डेढ लाख रुपैयाँ राहत दिने समेत निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले बताए । मृतक वीरेन्द्रको परिवारलाई यस अघि केन्द्रिय सरकारले १० लाख र प्रदेश सरकारले २ लाख राहत दिने निर्णय गरेको थियो ।
