धनगढी : कञ्चनपुरबाट एक लाख ४२ हजार नगद सहित ६ जुवाडे पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–३ जामिरगडाबाट ६ जना जुवाडे पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार ३३ वर्षीय भवानी सिंह बुढासहितका ६ जनालाई वडा प्रहरी कार्यालय, महेन्द्रनगरले पक्राउ गरेको हो।
उनीहरूको साथबाट एक लाख ४२ हजार ६ सय ४५ रुपैयाँ र ६ गड्डी ताससमेत बरामद गरिएको छ।
उनीहरु शनिवार साँझ पक्राउ परेका हुन्। प्रहरीले घटनामा थप अनुसन्धान गर्दैछ।
