अछामबाट ३३ वर्षीया युवती र २४ वर्षीय युवक पक्राउ

अछाम :अछामबाट एक युवती र एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।

साँफेबगर नगरपालिका–३ टोटासालबाट लागूऔषधसहित युवतीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले बाजुरा बुढीनन्दा नगरपालिका–५ पाण्डुसैनकी ३३ वर्षीया पशुपती थापालाई टहरामा राखेको २० ग्राम ३३० मिलिग्रामसहित पक्राउ गरेको हो।

त्यस्तै बुढीनन्दा नगरपालिका–४ मष्टामाडौंका २४ वर्षीय छितिज बुढालाई पनि ८ ग्राम ५ सय ९० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Dhangadhi 2081
Loading...