कञ्चनपुरबाट अवैध सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीको अवैध सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट भन्सार छलीका करिब १ लाख ५६ हजार १ सय ४० रुपैँया बराबरका जुत्ता, कपडा, धोती, मोजाज , ज्याकेट, मोवाइलका कवर वेबारीसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको सामान भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Deep Jyoti Pustak psl
Loading...