फोहर व्यवस्थापन गर्न डोटीमा डस्टबिनका रूपमा डोको प्रयोग

डोटी : डोटीमा डस्टबिनका रूपमा डोको प्रयोगमा ल्याइएको छ।

बोगटान–फुड्सिल गाउँपालिका–१ सिमचौरमा डस्टबिनका रूपमा डोको प्रयोग ल्याइएको हो। गत वर्षबाट यस क्षेत्रमा बाँस तथा निगालोबाट बनाइएका डोकालाई फोहरमैला व्यवस्थापनका लागि डस्टबिनका रूपमा उपयोगमा ल्याइएको हो।

स्थानीयस्तरमै सहजै रुपमा पाइने बाँस तथा निगालोबाट बनाइएका डोकालाई प्रयोग गर्दा बजार क्षेत्रको सरसफाइमा सहयोग पुग्नुका साथै स्थानीय स्रोतसाधनले बजार पाउने र रोजगारी समेत बढ्ने अपेक्षा समेत गरिएको छ।

मङ्गलवार सिमचौर बजार व्यवस्थापन समितिलाई डस्टबिन स्वरूप ३० वटा डोका हस्तान्तरण गरिएको छ। यूएमएन डोटी र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजना अन्तर्गत वडासँगको सहकार्यमा डोका हस्तान्तरण गरिएको हो।

Deep Jyoti Pustak psl
Loading...