अछाम बान्नीगढीका एक युवक मृत अवस्थामा फेला

अछाम : अछाममा एक युवक बिहीवार मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–५ बजकोटका चक्र साउदका २३ वर्षीय छोरा अशोक साउद मृत अवस्थामा फेला परेका हुन।

साउद आफ्नै घरदेखी पश्चिमतर्फ रहेको कालिका कालापाटा स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ।

Deep Jyoti Pustak psl
Loading...