डोटी : डोटीको पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीले राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको छ ।
दिपायल सिलगढी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी उक्त विद्यालयले हात पारेको हो ।
पुस २६ गतेदेखि २८ गतेसम्म सिलगढीको टुडिखेलमा आयोजित प्रतियोगितामा २४ स्वर्ण, ९ रजत र ११ काश्य पदक सहित पद्म पब्लिक मुक्ति नारायण मावि विजेता बनेको छ ।
प्रतियोगितामा ९ स्वर्ण, १६ रजत र ७ काश्य पदक जितेर सुजङ बोर्डिङ्ग स्कुल राजपुर दोस्रो भएको छ भने ९ स्वर्ण, १ रजत र १ काश्य पदक जितेर सहिद स्मृति आवासीय माध्यमिक विद्यालय राजपुर तेस्रो बनेका छन् ।
शनिबार सम्पन्न प्रतियोगितामा नगरभित्रका १६ वटा विद्यालयको सहभागिता रहेकोे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष नरेश मलासीले जानकारी दिए ।



