केआईसिंह गाउँपालिका उपाध्यक्षलाइ मातृ शोक

डोटी : डोटीको केआईसिंह गाउँपालिकाकी उपाध्यक्ष मिना बिष्टलाई मातृ शोक परेको छ।

भारतको खटिमामा उपचारका लागि लगेकी ७७ बर्षिया देवादेवी राणाको हृदयघातबाट बुधबार दिउँसो मृत्यू भएको हो।

७७ बर्षिया राणालाई प्यारालाइसिस को समस्या थियो। उपचारका लागि उपाध्यक्ष बिष्ट, उनका भाइ मिन राणा खटिमामा संगै गएका थिए।

केही दिन अघि उपचारका लागि लगेकी आमाको स्वास्थ्यमा सुधार हुँदै गएको भएपनि शौचालय जानेक्रममा एक्कासी हृदयघात भएपछि मृत्यू भएको राणाले बताए।

Deep Jyoti Pustak psl
Loading...