डोटीका शिविलाई सांसद आलेको सहयोग

डोटी : डोटीका एक विद्यार्थीलाई सांसद प्रेमबहादुर आलेले एक लाख आर्थिक सहयोग गरेका छन्।

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमबीबीएस डाक्टर पढ्नका लागि डोटीको केआइसिंह गाउँपालिका–४ कारीगाउँका १७ वर्षीय शिवि विकलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

एमबीबीएस पढ्न नाम निकालेका शिविको आर्थिक अवस्था कमजोर रहेको छ।

आलेको सहयोगले शिविको पढाइमा सहायता पुग्ने केआइसिंह गाउँपालिका–५ का वडाअध्यक्ष दुर्गासिंह रावलले बताए।

Deep Jyoti Pustak psl
Loading...