डोटी : डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
शनिवार आदर्श गाउँपालिका–२ कुचेडाकी २४ वर्षीया देउसरा बोहरा भालुको आक्रमणबाट घाइते भएकी हुन् ।
उनलाई घर नजिकैको जङ्गलमा घाँस काटिरहेका बेला बोहरालाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले बताए ।
घाइते बोहरालाई मौवा स्वास्थ्य चौकीमा सामान्य उपचारपछि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ ।