डोटीमा व्यापारीलाई डोका वितरण,डस्टबिनका रूपमा प्रयोग गरिने

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरीका व्यापारीलाई डस्टबिन स्वरूप डोका वितरण गरिएको छ।

सोमवार वडाका व्यापारीहरूलाई डस्टबिनको रूपमा प्रयोग गर्न भन्दै ३० ओटा डोका वितरण गरिएको हो। ग्रामीण समुदाय विकास केन्द्र र यूएमएन डोटीको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजना अन्तर्गत वडासँगको सहकार्यमा डोका वितरण गरिएको हो।

प्लास्टिकको प्रयोगमा कमी ल्याउन वातावरण अनुकूलित बाँस तथा निगालोबाट बनाइएका डोकालाई फोहोर मैला व्यवस्थापनका लागि डस्टबिनका रूपमा प्रयोगका लागि वितरण गरिएको क्लाइमेट परियोजनाका कृषि प्राविधिक शेरबहादुर साउँदले बताए।

वडा अध्यक्ष दीपबहादुर बम लगाएत वडाका जन प्रतिनिधीहरुको रोहोवरमा डोका वितरण गरिएको हो। उक्त गाउँपालिकाको–१ नम्बर वडा सिमचौरमा पनि यस अघिनै डस्टबिनको रुपमा डोको प्रयोग गर्न थालिएको थियो।

Deep Jyoti Pustak psl
Loading...