अछामकी बुढा र डोटीमा रुखबाट लडेकी साउँदको को उपचार गर्न आर्थिक समस्या

धनगढी : अछामकी कल्धरी बुढाको उपचारमा आर्थिक समस्या भएको छ। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ७ की बुढाको उपचारमा आर्थिक समस्या भएको हो।

बुढा गत पुस २ गते भिरबाट लडेकी थिइन। उनको प्रादेशिक अस्पताल, सुर्खेतमा उपचार हुँदैछ। ३५ वर्षीया बुढाको उपचारमा आर्थिक समस्या भएपनि ढकारी गाउँपालिकाले एक लाख सहयोग गरेको छ। उनी पुस २ गतेबाट बेहोस अवस्थामा सुर्खेतमा छन्।

सुर्खेतमा उपचार सम्भव नभएपछि अन्य ठाउँ लैजान भनिएको छ। तर, आर्थिक अवस्था कम्जोर भएकाले बाहिर लैजान नसकिएको कमल बुढाले बताए्। परिवारका सदस्यहरूले आर्थिक जोहोका लागि अभियान सञ्चालन गरेका छन्।

ढकारी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष राम बहादुर थापाले गाउँपालिकाले एक लाख सहयोग गर्ने बताए। वडा नम्बर १ देखि ८ सम्म अभियान सञ्चालन गरिएको उनले बताए। देश तथा विदेशमा रहेकाहरूले पनि आर्थिक सहयोग गर्दै आएका बुढाले बताए। उनलाई सहयोग गर्न चाहानले ९८६८६८४६८२ मा सम्पर्क गर्न भनिएको छ।

यस्तै डोटीमा रुखबाट लडेर एक महिला घाइते भएकी छन्। जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर २ की भानु साउँद रुखबाट लडेकी हुन्। डोटीको खरहरमा बस्दै आएकी उनी सोमवार घाँस काट्ने बेला रुखबाट लडेकी हुन्।

उनको धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार हुँदैछ। उनका श्रीमान करन साउँदले श्रीमतीको उपचारका लागि आर्थिक समस्या रहेको बताएका छन्। भानुका ७ वटा करङहरू भाँचिएका छन्। आन्द्रा दुई ठाउँमा फुटेका छन्।

मङ्गलवार अस्पतालले आन्द्राको शल्यक्रिया गरेको छ। हड्डीको शल्यक्रिया गर्न बाँकी छ। अस्पतालको सघन उपचार कक्ष आइसीयूमा उपचार जारी हरेको छ। बेहोस भएकी उनको मङ्गलवार होस आएको थियो।

Loading...