डोटी : डोटीको शिखर नगरपालिकामा निशुल्क आँखा शिविर सञ्चालन गरिने भएको छ ।
नेपाल नेत्रज्याती संघ, गेटा आँखा अस्पताल र शिखर नगरपालिकाको आयोजनामा मोतीबिन्दु तथा आँखा सम्बन्धी समस्या भएका बिरामीहरुका लागि शिविर आयोजना गर्न लागिएको हो ।
शिविर फागुन ४ गते वडा नम्बर ३ को छडिमाण्डौमा आयोजना गरिने नगरपालिकाले बताएको छ । शिविरमा छनौट भएका मोतीबिन्दु विरामीहरुको निशुल्क अप्रेशन गरिने जनाइएको छ ।