शिक्षक तथा साहित्यकार अवस्थीलाइ ईश्वरी-पार्वती मुडभरी प्रादेशिक पुरस्कार २०८०

परशुराम : शिक्षक तथा साहित्यकार भवानीदत्त अवस्थी (रोसन) लाइ ईश्वरी-पार्वती मुडभरी प्रादेशिक पुरस्कार २०८० ग्रहण गर्न निमन्त्रणा आएको छ ।

कैलाली जनपुस्तकालयको ६७औँ वार्षिकोत्सव समारोह तथा ४७औँ साधारण सभामा प्रदान गरिने उक्त पुरस्कार ग्रहण गर्न अवस्थीलाइ निमन्त्रणा आएको हो ।

अवस्थी डडेल्धुराको परशुराम नगरपालिका १२ मा अवस्थीत सिद्यनाथ मा.वि. जयपुर जोगबुढाका नेपाली शिक्षक हुन भने उनले साहित्य क्षेत्रमा पनी कलम चलाउँछन ।

डोटेली लोक साहित्यको परिचय, दुवाष्टिमी गौरा पुजा विधि, परशुराम महातम्य अवस्थीका प्रसीद्द कृतिहरु हुन ।

फागुन ७ गते (सोमबार) सुदूरपश्चिमकै गौरव ऐतिहासिक कैलाली जनपुस्तकालयको सभाकक्षमा ६७औँ वार्षिकोत्सव समारोह तथा ४७औँ साधारण सभाको आयोजना गरिएको छ ।

Loading...