अत्तरिया : कञ्चनपुरबाट दस जना जुवाडे पक्राउ परेका छन । सोमबार बिहान भिमदत्त नगरपालिका – १९ बागफाटाका मिट्ठु रानाको घर पछाडी जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका – १९ का जय बहादुर महरा, दानी राना, कैलाश राना, हिरु राना, बेदकोट नगरपालिका – ३ का सागर बिष्ट, भीमदत्त नगरपालिका – १४ का शेर बहादुर कुँवर, भीमदत्त नगरपालिका – ४ का प्रकाश भट्ट, बेदकोट नगरपालिका – १० का तिलक बैज, भीमदत्त नगरपालिका – १८ का ओम प्रकाश पनेरु, र बैतडीको मेलौलि नगरपालिका – २ का प्रकाश चन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिएर ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।