अछाममा बाघको आक्रमणबाट २४ वर्षीया धना घाइते

अत्तरिया : अछाममा बाघले आक्रमण गर्दा एक महिला गम्भिर घाइते भएकी छिन् ।

जिल्लाको ढकारी गाउँपालिका–८ की अन्दाजी २४ वर्षीया धना तिमिल्सेना बाघको आक्रमणबाट घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार बिहीवार घरबाट २ किलोमिटरको दुरीमा बाख्रा चराइरहेकी उनलाई बाघले आक्रमण गरेको थियो ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा हिजै साँझ थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल रिफर गरिएको साउदले बताए ।

Loading...