घाँस काट्न गएकी महिलाको मृत्य

अछाम : अछाममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो।

मृतक साउदका पाँच छोरी र एक छोरा छन्। श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

मृतक सरुको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरी चौकी सिउडीले जनाएको छ।

Dhangadhi 2081
Loading...