अत्तरिया : लोकप्रिय गायक रेश बिसीको ’झाल्लारी रुमाल’ बोलको नयाँ गीत बजारमा सार्वजनिक भएको छ ।
आफ्नै रचना तथा लेखनमा गायक बिसीले ल्याएको नयाँ गीत झाल्लारी रुमाल’ उनको आफ्नै युटुब च्यानल रेश बिसी मार्फत सार्वजनिक भएको हो ।
नाच्ने र नचाउने खालको गीतको म्युजिक भिडियोमा गायक स्वयमले अभिनय गरेका छन् भने उनलाई मोडल दिपा शाही र कृष्ण आचार्यले साथ दिएका छन् । म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेका छन् ।
यस्तै चर्चित संगीतकार केशब बडुले एरेन्ज गरेको सो गीतका म्युजिक भिडियोको मिलन विश्वकर्माले कलरिङ र लक्ष्मण चौहानले इडिट गरेका हुन् ।
बिसी धेरै समयबाट गीत संगीत क्षेत्रमा छन । उनका यसअघि थुप्रै लोकप्रिय गीतहरु बजारमा रहेका छन् ।
हेर्नुहोस भिडियो :
