कलाकार तथा निर्देशक अनुप चन्द ठकुरी सम्मानित

अत्तरिया : नेपाली कलाकारिता तथा निर्देशन क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै कलाकार तथा निर्देशक अनुप चन्द ठकुरी सम्मानित भएका छन् ।

कैलालीको धनगढीमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा सञ्चालित प्रादेशिक ललितकला प्रदर्शनिको समापन समारोहमा उनि सम्मानित भएका हुन् ।

बिहिबार समापन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलद्वारा उनि सम्मानित भएका छन् ।‌ आईतबारबाट सञ्चालन भएको ललितकला प्रदर्शनी बिहिबार सम्पन्न भएको हो ।

लामो समयदेखि कलाकारिता तथा निर्देशन क्षेत्रमा रहेका चन्दले ५० भन्दा बढि म्युजिक भिडियो निर्देशन गर्नुका साथै करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय पनि गरिसकेका छन् ।

साथै उनले ३० ओटा भन्दा बढी डकुमेन्ट्री निर्देशन/सम्पादन गरेका छन् । सुप ईन्टरटेनमेन्ट हाउस प्रालिका अध्यक्ष समेत रहेका कलाकार चन्दले दोस्रो सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड कार्यक्रम समेत सम्पन्न गरेका छन्

Dhangadhi 2081
Loading...