दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा भ¥याङबाट लडर एक वृद्वाको मृत्यु भएको छ । शुक्रबार बिहान आफ्नै घरको भ¥याङबाट खसेर स्थानीय ७० वर्षीया कलावती महरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहानै आफ्नै घरको सिढी (भ¥याङ) बाट लडेर बेहोस भएकी महरको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताए । घटनाबारे बुझ्न प्रहरी वृद्वा लडेको घरमा खटिएको प्रहरीले जनाएको छ ।
यस्तै डोटीमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ। भदौ २० गते जिपबाट खसेर घाइते भएकी दिपायल सिलगढी नगरपालिका–१ कि ३३ वर्षिया महेश्वरी साउदको बिहिवार मृत्यु भएको हो ।
आदर्श गाउँपालिकाबाट दिपायल तर्फ जाँदै गरेकोे सोहि पालिका–६ का टेक लुहारले चलाएको सुदुरपश्चिम प्रदेश ०१–००१–३७८४ नम्बरको बोलेरो जिपको पछाडि सवार साउँद एयरपोर्ट रोडमा खसेर गम्भीर घाइते भएकी थिइन् ।
घाइते साउदलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो । उनको उपचारमा संलग्न डाक्टरले उपचार सम्भव नरहेको बताएपछि बुधवार मात्रै उनलाई घर लगिएको थियो। साउदको बिहिवार दिउँसो घरमै मृत्यु भएको हो
