परिगाउँ : डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा जनप्रतिनिधिबिच कुटाकुट भएको छ ।
आज बसेको कार्यपालिका वैठकमा उपस्थित भएका प्रतिनिधिहरु विच कुटाकुट भएको हो। कुटपिटवाट वैठकका सदस्य सचिव एवं प्रमुख प्रशासकिय अधिकृत कृष्ण देव जोशि घाइते भएका छन ।
उनको टाउकोमा गम्भिर चोट लागेको र जोगबुडा अस्पतालमा उपचार भइरहेको स्थानिय स्रोतले जनाएको छ ।
कुटाकुट के कारणले भएको र यस विषयमा अझै बिस्तृत विबरण आउन वाकी रहेको छ।
