अत्तरिया : अछाममा एक पुरुष मृत फेला परेका छन् ।
जिल्लाको तुर्माखाद गाउँपालिका १ टुणास्थित कर्णाली नदीको किनारमा अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
बिहीबार मृत फेला परेका ती पुरुषको पहिचान भने नखुलेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।