अत्तरिया : भारतबाट घर फर्कने क्रममा सुर्खेतका दुई जना बुवाछोरा बेपत्ता भएका छन् । सुर्खेत चियार गाउँपालिका ३ घर भएका भिम बहादुर जिसी र उनका कान्छा छोरा नरेन्द्र जिसी बेपत्ता भएका हुन् ।
यहि चैत्र २० गते भारतको उत्तराखण्डको अल्मुडादेखी कञ्चनपुरको महेन्द्रनगर हुदै घर फर्कने क्रममा उनीहरु बेपत्ता भएका आफ्न्तले बताएका छन् । रोजगारीको सिलसिलामा उनीहरु ४/५ महिनादेखी भारतको उत्तराखण्ड स्थित अल्मुडा जिल्लाको समेस्वरामा काम गरिरहेका थिए ।

उनका आफ्न्त टोपेन्द्र जिसीका अनुसार उनीहरु यहि चैत्र २० गते घर फर्कने क्रममा भारतको उत्तराखण्डको अल्मुडादेखी हल्द्वानीको बसमा आएका थिए । हल्दवानी नजिकै पुग्दा मलेसियामा रहेका भिम बहादुर जिसीका जेठा छोरा हुकुम जिसीसंग फोनमा कुरा गरी केही समयमा कञ्चनपुरको महेन्द्रनगरमा पुग्ने बताएका उनका आफ्न्त टोपेन्द्रले जानकारी दिए ।
भारतबाट घर फर्कने क्रममा बाबुछोरा नै एकासी बेपत्ता भएपछि परिवारले चारैतिर खोजीकार्यका लागि आग्रह गरेका छन् । बेपत्ता भएका बुवा छोराले नेपालको (९८६४८२७७४३) मोबाईल नम्बर समेत बोकेका थिए । अहिले उक्त मोबाईल नम्बर अफ रहेको छ ।
हल्दवानीबाट बनबासा हुदै महेन्द्रनगर आउने क्रममा उक्त बाटोमा अधिकांश नेपालीहरु लुटिने गरेका छन् ।