अत्तरिया : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) (क्रान्तिकारी) गोदावरी नगरकमिटिको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ ।

शनिबार अत्तरियामा अनिरास्ववियू क्रान्तिकारीका उपमहासचिव उमेश कडेलको प्रमुख अतिथ्यतामा दोस्रो नगर सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले खगेन्द्र भट्टको अध्यक्षतामा २७ सदस्यीय नयाँ नगर कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा श्याम विक, निरज जोशी, पारस बोगटी, अशोक विक, गणेश विक, हिमाल विक चयन भएका छन । त्यस्तै सचिवमा शंकर बिष्ट, सहसचिवमा अरुण विक, रुविना साउँद, कोषाध्यक्षमा उषा साउँद चयन भएका छन ।
निवर्तमान अध्यक्ष दिपेन्द्र विकको अध्यक्षतामा सम्पन्न सम्मेलनमा अनिरास्ववियू क्रान्तिकारीका केन्द्रिय सचिव विरबहादुर थापा, डम्बर भट्टराई, पार्टीका नगर अध्यक्ष मदन कठायत, प्रदेश सल्लाहकार दिनेश शाह लगायतको सहभागिता रहेको थियो ।