कैलालीको धनगढीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अबैध कपडा बरामद गर्यो

धनगढी : कैलालीको धनगढीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अबैध कपडा बरामद गरेको छ। सशस्त्र प्रहरीले धनगढीबाट ८ लाख बढी मूल्यको कपडा बरामद गरेको हो।

Dhangadhi_Tihar 2083

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलालीले धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी क्षेत्रबाट ८ लाख ७४ हजार मुल्यको अवैध कपडा बरामद गरेको हो।

धनगढी उप–महानगरपालिका–२, बैयावेहडी सिएलमार्ट स्थित प्यासेजमा धोती र कुर्ता सुरुवाल ६ वटा बोरामा प्याक गरि लुकाई राखेको अवस्थामा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलालीबाट सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ। बरामद गरिएका कपडा कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको सशस्त्र प्रहरी नायव उपरीक्षक साजेन्द्रप्रसाद श्रेष्ठले बताए।

Loading...