बैतडीका मृगौला पीडित १९ वर्षीय किशोरको निधन

बैतडी : दुबै मृगौला फेल भएर उपचार गराउँदै आएका बैतडीका एक किशोरको निधन भएको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको डिलाशैनी गाउँपालिका–५ खोलिगाउँका धनदेव नाथका छोरा रमेश नाथको १९ वर्षको कलिलो उमेरमा निधन भएको हो। मृगौला पीडित नाथको उपचारको क्रममा काठमाण्डौँको बिर अस्पतालमा सोमवार निधन भएको हो।

दुबै मृगौला फेल भएर उपचार गराइरहेका नाथको निधन भएको परिवारका सदस्यले बताएका छन्। उनलाई बचाउन सामाजिक सञ्जाल फेसबुकमा आर्थिक अभियान पनि सञ्चालन गरिएको थियो।

तर उनको उपचारकै क्रममा निधन भएको हो। केहि वर्ष पहिले नाथकी दिदीको पनि मृगौला फेल भएर निधन भएको थियो।

Loading...