कैलालीमा एकै घरका दुई दिदीबहिनी मृत फेला

अत्तरिया : कैलालीमा दुई दिदीबहिनी मृत भेटिएका छन् ।

Dhangadhi_Tihar 2083

घोडाघोडी नगरपालिका–१० का कलेशु चौधरीकी छोरी २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी मृत भेटिएका हुन् ।

उनीहरु मंगलवार बिहान घरको माथिल्लो तलामा झुन्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Loading...