रुखबाट लडेर कैलालीमा एक पुरुषको मृत्यु

धनगढी : कैलालीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको चुरे गाउँपालिका–४ का ३५ वर्षीय जितबहादुर धामीको घर नजिकै चिउराको रुखबाट लडेर मृत्यु भएको हो। मंगलबार बिहान स्याउला काट्ने क्रममा रुखबाट अचानक लडेर उनी गम्भिर घाइते भएका थिए।

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

Loading...